२०८३ बैशाख १८, शुक्रबार

नेपालमा थप २६० जनामा संक्रमण पुष्टि

नेपालमा थप २६० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

३ हजार ८४४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २१४ जना तथा एन्टिजेन विधिबाट ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा बढी काठमाडौँमा १३७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ४८ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर १ हजार १७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्