२०८३ बैशाख ११, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार ६६७ पीसीआर तथा १ हजार ९०२ एन्टिजेन परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ५५४ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै बिहीबार ५६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ५ सय ३५ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्