२०८० चैत्र १३, मङ्लबार

पछिल्लो २४ घण्टामा ८६८ जनामा कोरोना संक्रमण हुँदा ३ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ८६८ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कूल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको थियो ।

यस्तै सोही समयमा ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्