२०८३ बैशाख १८, शुक्रबार

पछिल्लो २४ घण्टामा थप ८८८ जनामा सङ्क्रमण, एकको मृत्यु

कोरोना भाइरसको सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८९ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा थप ८८८ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । ५ हजार ७३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४२७ जना तथा एन्टिजेन विधिबाट ४६१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ४७४ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार ३८७ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै १ लाख ५० हजार ६४ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्