२०८३ बैशाख १८, शुक्रबार

चिकित्सकहरुको राष्ट्रिय परिचय पत्र संघको कार्यालयबाट बनाइने

चिकित्सकहरुले नेपाल चिकित्सक संघको कार्यालयबाट राष्ट्रिय परिचय पत्र बनाउन पाउने भएका छन् ।

पञ्जीकरण विभागले असोज ७ गतेसम्म चिकित्सकहरूका राष्ट्रिय परिचय पत्र संघको कार्यालयबाट बनाउने भएको हो ।

राष्ट्रिय परिचय पत्र बनाउन चिकित्सकहरुले सोमबार बिहान १० देखि बिहीबार दिउँसो ४ बजेसम्म, शुक्रबार बिहान १० देखि १२ बजेसम्म र शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म कागजपत्र उठाउनु पर्ने छ । सरकारले सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र अनिवार्य बनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्