नेपालको चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका १५ जना महिला चिकित्सकलाई आज विशेष सम्मान गरिने भएको छ।
नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गर्न लागेकी हुन्।
संघका अनुसार अवार्ड कार्यक्रम आज दिउँसो राष्ट्रपति कार्यालयमा हुनेछ। गत वर्षदेखि यो अवार्ड दिन सुरु गरिएको संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए।







प्रतिक्रिया लेख्नुहोस्