२०८३ जेष्ठ ४, सोमवार

फेरि मेलम्ची र हेलम्बुमा बाढी: २२ घर र दुई पुल बगे

असार १ पछि आज फेरि आएको मेलम्ची बाढीले २० घर बगाउनुका साथै ३ घर डुबानममा परेको छ । बाढीले बिहान हेलम्बु र मेलम्ची जोड्ने चनौटेको रातो पुलसमेत बगाएको छ । जसले हेलम्बुसँगको सडक सम्पर्क टुटेको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी राजन अधिकारीका अनुसार चनौटेको पक्की पुलसहित अर्को एक झोलुंगे पुल बगाएको छ । त्यस्तै १२ पक्की घर, ८ वटा कच्ची घर बगाएको उनले जानकारी दिए ।

बाढीले थप २ वटा झोलुंगे पुल र ३ वटा घर डुबानमा पारेको छ । रेडियो मेलम्चीको भवनसमेत बाढीले बगाएको छ ।बाढीले सडक ठाउँ ठाउँमा बगाएको छ । मेलम्चीबाट माथि तालामाराड, ग्याल्थुम पुग्न सक्ने अवस्था नभएको प्रदेश सभा सदस्य निमा लामाले जानकारी दिनुभयो । उहाँले बाढीले ठाउँठाउँमा सडक भत्काएको बताउनुभयो ।लेदोसहित आएको बाढीले तालामाराडको प्रहरी चौकीको भान्छा घर भत्काएको स्थानीयवासीले जानकारी दिए । अहिले पनि विभिन्न ठाउँमा पहिरो गइरहेको छ । हेलम्बुको किउल बजार जोखिममा रहेको छ ।

हेलम्बु गाउँपालिकाको चनौटेमा रहेको रातो पक्की पुल बगाएको छ । आज बिहान ७ बजेर ५३ मिनेटमा हेलम्बु ७ चनौटेमा रहेको रातो पक्की पुल बगाएको स्थानीय बताएका छन् । यो पुल असार १ गते आएको बाढीबाट बचेको थियो । यो पुल बगाएसँगैं हेलम्बु गाउँपालिका कार्यालय र मेलम्ची खानेपानी आयोजना सडकसम्पर्कबाट विच्छेद भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्