२०८३ बैशाख २६, शनिबार

एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट बनेका आशिक झा

चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट भएका छन् । नतिजा प्रकाशन भएसँगै झा लाई बधाई तथा शुभकामना दिनेको ओइरो लागेको छ।

आयोगले सार्वजनिक गरेको नतिजामा आशिकले २ सय पूर्णांकमा १ सय ८६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट भएका हुन् । उत्कृष्ट भएपछि चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् ।एमबीबीएस प्रवेश परीक्षाका लागि देशभरिबाट ११ हजार सहभागी विद्यार्थीलाई उन्छिदै आशिकले उत्कृष्ट हुन सफल भएका हुन् । सर्वोत्कृष्ट भएपछि आशिकले भने ‘सर्वोत्कृष्ट हुनको लागि भन्दा पनि राम्रो अंक लिएर पास गर्ने सोँचले धेरै मेहेनत गरेको थिएँ । अब थप मेहेनत गर्ने ऊर्जा मिलेको छ ।’

विज्ञान विषय लिएर कक्षा ११ र १२ लिएर त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालय पढेका आशिकले २०७७ ब्याचका कक्षा १२ मा समेत उत्कृष्ट अंक लिएर उत्तीर्ण भएका थिए । सामान्य परिवारका आशिकले जनकपुरको श्री माध्यमिक विद्यालयबाट ३ दशमलव ७ जीपीएसहित एसईई उत्तीर्ण गरेका थिए ।

आशिक झासँगै गरिएको कुराकानी हेर्नुहोस् भिडियोमा –

प्रतिक्रिया लेख्नुहोस्