दाङको सिस्नेखोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । कार चालक घाइते भएका छन् ।
बुधबार राति घोराहीको गोग्लीबाट घोराही बजार तर्फ जाँदै गरेको प्रदेश ३ –०१–०२४ च ४४४० नम्वरको गाडी सिस्नेखोलाले बगाउँदा कारमा रहेका चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा घोराही १३ बस्ने ४० बर्षिया रितामाया पुन, घोराही १३ बस्ने अन्दाजी ३२ बर्षिया सुसिला श्रेष्ठ, घोराही १४ कि ३१ बर्षिया राधा श्रेष्ठ कुंवर र सोहि स्थानका ४२ बर्षिया बिमला केसी रहेका छन् ।
नेपालगञ्जमा सपिङ गरेर फर्कंदै गर्दा खोलामा आएको भेलमा उनीहरुलाई बगाएको हो । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको दाङ प्रहरीले जानकारी दिएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्