२०८३ बैशाख २७, आइतवार

एमसिसी कुनै पनि हालतमा पास हुन्छ – प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गृह प्रदेश सुदूरपश्चिम पुगेर अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कुनै पनि हालतमा पास हुने बताएका छन्।

परियोजना पास हुनुपर्ने बताउँदै आएका देउवाले पुनः बाढी र पहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम आएका बेला यस्तो बताएका हुन्। धनगढीमा आज (शुक्रबार) प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसिसी अनुदान परियोजना भएको र परियोजना लागू भएपनि नेपालको कानुनमातहत नै हुने दाबी गरेका छन्।

उनले भने, ‘एमसिसी पास हुन्छ। यसमा संशोधन आवश्यक छैन। परियोजनाबारे केही झुठा प्रचार गरिएको छ। एमसीसी परियोजना अनुदान हो। यसमा नेपालकै कानून लागू हुन्छ।’ अनुदान परियोजनाका बारेमा अनावश्यक धेरै होहल्ला गरेको देउवाको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्