नेपाली कांग्रेसले दिउँसो १ बजेका लागि बोलाएको केन्द्रीय समिति बैठक अझसम्म पनि सुरु हुन सकेको छैन। बैठकमा सहभागी हुनका लागि नेताहरू सभापति शेरबहादुर निवास बूढानीलकण्ठमा उपस्थित भइसके पनि औपचारिक रुपमा भने बैठक सुरु हुन सकेको छैन।
नेताहरू आन्तरिक रूपमा छलफलमा जुटेकाले बैठक सुरु हुन केही समय ढिला भएको कांग्रेसका एक नेताले जानकारी दिएका छन् । नेताहरू आन्तरिक छलफलमा रहेको र केन्द्रीय समितिमा लैजाने एजेन्डा तय गर्नका लागि सबैले आआफ्नो ठाउँबाट गृहकार्य गरिरहेको उनले बताएका छन् । उनले केहि समयपछि बैठक सुरु हुने जानकारी दिएका छन् ।
यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठकमा कडा रूपमा प्रस्तुत हुने भन्दै तीन एजेन्डा गरेको थियो। महाधिवेशन, क्रियाशील सदस्यता विवाद र न्यायालयको विवादबारे सरकारले गर्नुपर्ने कामबारे एजेन्डा तय गरेको थियो। बैठकमा सहभागी हुन पुगेका दोस्रो तहका नेताहरू भने देउवा निवासबाहिरै छन्। शीर्ष नेताहरू छलफलमा छन्।







प्रतिक्रिया लेख्नुहोस्