नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पूर्व माओवादी नेता प्रभु साह फेरि असन्तुष्ट देखिएका छन् । जिल्ला तहमा महाधिवेशन प्रतिनिधिहरू चयन गर्दा ओली पक्षले प्रदेश २ मा एकलौटी गरेको भन्दै साह असन्तुष्ट बनेका हुन् ।माओवादीबाट एमालेमा प्रवेश गरेका रौतहटका पूर्वसांसद साह पार्टीभित्र एकताको भावना हुनुपर्ने भन्दै ओलीसँग असन्तुष्ट थिए ।
तर, पछिल्लो समयमा चितवन पुगेर उनले ओलीलाई बाँचुञ्जेल साथ दिने वचन दिएका थिए । ओलीले पूर्वमाओवादीबाट आएका नेता–कार्यकर्तालाई भेदभाव नगरिने बताएपछि साहले ओलीलाई जीवनभर सघाउने वचन दिएका थिए ।‘तर, अहिले प्रदेश २ मा प्रभु साहको राजनीति सिध्याउन ओली पक्षका नेताहरु लागेको देखियो’ एमालेमा आवद्ध पूर्व माओवादीका एक नेताले भने, प्रदेश २ मा माओवादीबाट एमालेमा आएका सयौं नेता कार्यकर्तालाई महाधिवेशन प्रतिनिधिमा आउन दिइएन, ओली समूहले कोटामा बसेर एकलौटी रुपमा प्रतिनिधिहरू छान्ने काम गर्यो ।’
सर्लाही जस्तो जिल्लामा माओवादीबाट ठूलो संख्यामा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको भए पनि एकै जना पनि प्रतिनिधि नछानिएको प्रमुख साह निकटका नेताहरुको गुनासो छ ।







प्रतिक्रिया लेख्नुहोस्