२०८३ बैशाख २७, आइतवार

सर्वोच्चमा वकिल र प्रहरीबीच धकेलाधकेल हुँदा बारका अध्यक्ष श्रेष्ठसहित दुई घाइते

नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलनको दोस्रो दिन आज पनि धर्ना जारी राखेको छ ।

हिजो प्रधानन्यायाधीश राणालाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको बारले आज सर्वोच्चको दोस्रो गेटमा पनि अवरोध गर्ने प्रयास गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणालाई अदालत प्रवेश गर्न नदिन वैकल्पिक गेटमा पुग्ने प्रयास गर्ने क्रममा वकिल र प्रहरीबीच आज पनि धकेलाधकेल भएको छ ।

त्यसक्रममा बारका केन्द्रीय सदस्य प्रकाश महर्जन घाईते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । त्यसक्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ पनि सामान्य घाइते भएको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्