नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ७७७ नमुनाको पिसिआर र १ हजार १९५ जनाको एन्टिजेन गरी कुल ८ हजार ९७२ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।त्यस्तै, पछिल्लो २४ घण्टामा ३६९ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३९ रहेको छ । पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ ।







प्रतिक्रिया लेख्नुहोस्