२०८० चैत्र १६, शुक्रबार

एमालेकाको महाधिवेशनका लागि सुदूरपश्चिमबाट १६९ प्रतिनिधि छनोट

सुदूरपश्चिमका केही जिल्लामा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिएको छ भने केही जिल्लामा विवाद भएको छ। एमाले प्रदेश कमिटीका अनुसार, मंगलबारसम्म सबै जिल्लाका प्रतिनिधिको नाम प्राप्त हुनेछ।

सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीबाट ४४ प्रतिनिधि छनोट भएका छन्। कैलाली क्षेत्र नं. १ बाट कमला शाही, सोमबहादुर थापा, तपेन्द्र रावल, श्याम खात्री, द्वारिका न्यौपाने छन्। यस्तै, क्षेत्र नं. २ बाट रतन थापा, डेजी पाण्डे, दलबहादुर विष्ट, नरबहादुर खड्का, कमा वली, टीका थापा, पदमबहादुर साउँद, गजेन्द्र स्वाँर र धरमबहादुर थापामगर छनोट भएका छन्।

यसैगरी कैलाली क्षेत्र नं. ३ बाट रतन रेग्मी, छाया देवकोटा, नरेन्द्र बटाला, विष्णुप्रसाद चौधरी र नमराज शाही छनोट भएका छन्। क्षेत्र नं. ४ बाट निर्मला भट्ट, भागरथी विष्ट, हरिसिंह साउँद, पदमसिंह सिंगाल, रामप्रसाद चौधरी, किसन साउँद र धनबहादुर रोकाया छनोट भएको एमालेले जानकारी दिएको छ ।

त्यस्तै, क्षेत्र नं. ५ बाट जीवनकुमार बम, राजेश खाती, रणबहादुर चन्द, डिल्लीराज खड्का, झुमादेवी चौधरी, नेपालु चौधरी, सन्तोष शर्मा थापा, धर्मराज पाठक, दुर्गा जोशी, र रुक्मणी देवकोटा महाधिवेशन प्रतिनिधि छनोट भएका छन्। दलित तर्फबाट दानबहादुर विश्वकर्मा, विजयराजसिंह मयाल, ललित परियार, मोटीसिंह विश्वकर्मा, चन्द्रबहादुर दमाईं, सत्यराज स्नेही, हिरा विक र सरिता सिजापति चयन भएको एमाले जिल्ला कमिटीले जानकारी दिएको छ ।

यस्तै, दार्चुलाबाट १२, बझाङबाट १६, बैतडीबाट १४, डडेल्धुराबाट ११, बाजुराबाट २१, कञ्चनपुरबाट १६ र अछामबाट १४ जना प्रतिनिधि छनोट भएका छन्। त्यस्तै, सुदूरपश्चिम प्रदेश कमिटीले पाँच जनालाई मनोनीत गरेको छ। एमालेको १०औं महाधिवेशन १० देखि १२ मंसीरमा चितवनमा हुँदै छ।

प्रतिक्रिया लेख्नुहोस्