नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सिध्याउने नियतले एमालेले महाधिवेशनस्थल चितवन रोजेको प्रचण्डको भनाइप्रति जवाफ फर्काएका छन् ।
१०औं महाधिवेशनका सन्दर्भमा आयोजित सम्पादकसँगको अन्तर्क्रियामा ओलीले चुनाव लड्नासाथ जिल्लै उसको नहुने बताएका छन् । उनले भने, ‘कोही चुनाव कतैबाट लडेको छ भन्दैमा जिल्लै उसको हुने ? म कतैबाट हिँडे भने उनले मलाई सिध्याउन हिँड्यो भन्न बेर छैन ।’
प्रचण्डसँग आफ्नो लिनुदिनु केही नभएको ओलीको भनाइ छ । ‘उहाँसँग मेरो लिनुदिनु कुरै होइन । उहाँलाई मेरो निर्वाचन क्षेत्रमा भन्ने लागेको छ भने दमकमा आएर गर्नुहोस् न त । दमकमा आएर गरे हुन्छ ।’







प्रतिक्रिया लेख्नुहोस्