नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको तयारी लगभग सकिएको छ ।एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनको तयारी ९५ प्रतिशत सकिएको छ ।
भट्टराईले अब फिनिसिङको काम मात्रै बाँकी रहेको बताएका छन् । भट्टराईले देशका विभिन्न ठाउँबाट आउने नेता कार्यकर्ताहरुलाई स्वागतका लागि चितवन ५० भन्दा बढी ठाउँमा स्वागतद्वारहरु बनेका छन् ।बन्दसत्र हुने सौराहामा २२ सय जना अट्ने हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
‘प्रतिनिधिहरुका लागि आवास र खानाको व्यवस्थापन गर्न होटल व्यवसायीसँग सम्झौता भैसकेका छन्’, उनले भने, ‘विधान राष्ट्रिय महाधिवेशनबाट आफ्नो नीति, कार्यदिशा, विधान पारित गरिसकेको छ ।’ उनले अव समाजवादको आधार निर्माण गर्ने उन्नत र समृद्ध कार्यदिशातर्फ एमालेको लक्ष्य भएको बताएका छन् ।
‘यो हप्ता हाम्रो अर्जुनदृष्टि महाधिवेशननै हो, लगत्तै महाभारतमा अर्जुनले जुनदृष्टि लगाउँछन्, त्यसरीनै एमालेको दृष्टि अब चुनाव हुन्छ, सम्पूर्ण ढंगले एकतावद्ध हुन्छ, तीनै तहका चुनावमा बहुमत ल्याउने गरी संकल्प गर्नेछ ।’ नेता भट्टराईले पार्टीभित्रका अन्तरविरोधलाई मैत्रीपूर्ण ढंगले समाधान गर्दै देशकै एकमात्र कम्युनिष्ट पार्टीका रुपमा स्थापित गरिने बताएका छन् ।
‘यथास्थितिवादी र दक्षिणपन्थी शक्तिसँग प्रतिस्पर्धा हुन्छ, एमाले स्थापित हुनेछ’, उनले भने, ‘देशको कम्युनिष्ट आन्दोलनको एकमात्र पार्टीका रुपमा एमाले स्थापित हुनेछ ।’ उनले मान्छेको हिँडडुल गर्न पाउने अधिकारमा कुनै खलल् नपु¥याइने बताएका छन् । केही सञ्चारमाध्यममा बजार क्षेत्रमा नो भेकल मुभेण्ट हुने भनि आएको समाचारको खण्डन पनि गरेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्