२०८३ बैशाख २१, सोमवार

एमालेको बन्दसत्र सुरु

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्दसत्र सुरु भएको हो । सौराहामा आज बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्रको कार्यक्रम दिउँसो करिब साढे ३ बजे मात्र सुरु भएको हो ।

सुरुआतमा विदेशी अतिथिहरूले शुभकामना मन्तव्य दिएका छन् । यसअघि, अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन हुने दोहोर्‍याएका छन् । बन्दसत्र हलभित्र प्रवेश गर्नुअघि शनिबार दिउँसो उनले सहमतिमा नेतृत्व चयन हुने बताएका हुन् ।बन्दसत्र हलको मूल गेटमा प्रतिनिधिहरूको जिज्ञासामा उनले सहमति जुट्ने संक्षित प्रतिक्रिया दिए ।

‘सहमति हुन्छ, पक्कै हुन्छ, सहमतिमै हुन्छ,’’ उनले भने । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी छ । अध्यक्षका आकांक्षी भीम रावलले भने प्रतिनिधिहरूसित मत मागेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्