नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनमा भइरहेको निर्वाचनमा मतदान सकिएको छ ।
२ हजार ९६ जनाले मत दिएका छन् । कूल २ हजार १ सय ५३ मतदाता रहेकोमा ५७ जनाले मत दिएनन् । मत नदिनेमा नेता लालबाबु पण्डितलगायत छन् । मंगलवार बिहान ४ बजेदेखि मतदान शुरू भएको थियो ।
अब केहीबेरमा मतगणना शुरू हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्