२०८३ बैशाख २१, सोमवार

एमाले महाधिवेशनमा अध्यक्ष पदमामा ओलीको फराकिलो अग्रता

नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ ।

प्रारम्भीक परिणाममा ओली उनका प्रत्यासी भीम रावलभन्दा फराकिलो अन्तरले अगाडि देखिएका छन् ।पछिल्लो मत परिणाम ओलीले ९ सय ९६ मत ल्याउँदा रावल १ सय ११ मतमा सीमित छन् ।

१० मंसिरमा शुरू भएको एमाले महाधिवेशनमा सर्वसम्मतिमा नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मतदान भएको थियो । मतदानमा २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्