२०८३ बैशाख २१, सोमवार

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा प्रवेश शुल्क दुई हजार

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नका लागि पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नका लागि पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।

सो उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेका छन् । उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने प्रवक्ताका छन् । बैठकले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरूको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको पनि उनले जानकारी दिएका छन् । यस्तै, राष्ट्रिय सम्मेलनका लागि व्यवस्थापन उपसमितिहरू बनाइएको उनले बताएका छन् ।

बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ ।बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको उनले जानकारी दिएका छन् । पार्टीको लेखापरीक्षणको प्रतिवेदन सार्वजनिक गर्नका लागि स्थायी कमिटीले अनुमति दिएको पनि जनानकारी दिएका छन् ।

राष्ट्रिय सम्मेलनबाट हरेक प्रदेशमा घाइते र अपांगता भएकाहरूको हकहित सुरक्षित गर्ने निर्णय पनि गरिएको उनले बताएका छन् ।बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुने गरी कार्यविधि बनाएको भन्दै उनले केन्द्रीय प्रतिनिधिको संख्या थप्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रस्ताव तयार पार्ने जिम्मेवारीसमेत दिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्