२०८३ बैशाख २७, आइतवार

आज पदबहाली गर्दै एमाले अध्यक्ष ओली

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपीशर्मा ओलीले आज पद बहाली गर्ने भएका छन् ।

केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार दिउँसो १ बजे पार्टी कार्यालयमा ओलीले पद बहाली गर्नेछन् । ओली चितवनमा मंसिर १४ गते सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए ।

उनले अध्यक्षका उमेदवार भीम रावललाई भारी मतान्तरले पराजित गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्