२०८३ बैशाख २७, आइतवार

अब ताजा जनादेशमा जानुपर्छ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनले देश चलाउन नसकेको जिकिर गरेका छन् । शुक्रबार बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पदबहाली कार्यक्रममा उनले गठबन्धनबाट देश चल्न नसकेको बताएका छन् ।

“पाँचदलीय गठबन्धनबाट देश चलिरहेको छैन । सरकार चलिरहेको छैन । यो भद्रगोल, यो अनियमितता, यो स्थिति देशले धेरै लामो भोग्न सक्दैन, हामीले सधैँ भनिरहेका छौं,” उनले भने ।सरकार कार्यपालिकालाई प्रभावकारी ढंगले अघि बढाउने, न्यायपालिकाको जटिलतालाई समाधान गर्नेतिर नलागी विपरीत बाटोमा लागेको उनको भनाइ छ ।

ओलीले ताजा जनादेशमा जानुपर्नेमा जोड दिएका छन् । ताजा जनादेशबाट समस्याको समाधान निस्कने उनको दाबी थियो । जनतामा जानबाट तर्सिएर अरू ढंगबाट सत्ता पाउनेतिर दौडिने काम राजनीति नभएको उनले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्