नेपाली काँग्रेसको संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार चयनका लागि सहमति जुटाउन नेताहरुबीच छलफल जारी छ। बिहानैदेखि छलफलमा जुटेको संस्थापन इतर समूहमा सहमति भने हुन सकेको छैन ।
बिहान संस्थापन इतर समूहका जिल्ला सभापति, प्रदेशसभा निर्वाचनमा विजयी तथा आकांक्षी नेतासहितका नेताहरुको छलफल भएको थियो भने त्यसपछि पौडेल समूहका केन्द्रीय सदस्यहरूबीच छलफल भएको थियो । सो छलफलमा सभापतिका आकांक्षी प्रकाशमान सिंह र डा।शेखर कोइरालाबीच सहमति हुन नसकेको सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै उम्मेदवारको प्रस्ताव गर्ने निर्णय भएको थियो ।
शशांकले मंगलबारको छलफलमा आफू सभापतिको दौडबाट ब्याक हुने संकेत गरेका थिए भने रामचन्द्र पौडेलले पनि प्रकाशमान र शशांकबीच सहमतिको आग्रह गरेका थिए ।







प्रतिक्रिया लेख्नुहोस्