२०८३ बैशाख २७, आइतवार

सहमहामन्त्रीमा मानबहादुर र बद्री पाण्डेको उमेदवारी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदका लागि नेताहरू मानबहादुर विश्वकर्मा र बद्री पाण्डेले उमेदवारी दर्ता गराएका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा स्थापित कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर उनीहरूले उक्त पदका लागि उमेदवारी दर्ता गराएका हुन् ।आफूले शेरबहादुर देउवाको प्यानलबाट उमेदवारी दर्ता गराएको विश्वकर्माले दाबी गरेका छन् ।

पाण्डेले भने पौडेल–कोइराला प्यानलबाट उमेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्