२०८३ बैशाख २१, सोमवार

कांग्रेस महाधिवेशन: मीन विश्वकर्माद्वारा उम्मेदवारी फिर्ता

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको केन्द्रीय सदस्यका लागि दर्ता गरेको उम्मेदवारी फिर्ता लिनु भएको छ । महामन्त्री वा सहमहामन्त्रीका आकाङ्क्षी रहेका उहाँले आफ्नो उम्मेदवारी नै अरु कसैले दर्ता गराइदिएको आशय व्यक्त गरेका छन् ।

‘मेरो पनि नाम केन्द्रीय सदस्यमा दर्ता भएको देखिएकोमा त्यो पदमा उम्मेदवारी दिने मेरो कुनै मनसाय नरहेकाले उम्मेदवारी फिर्ता लिएको अनुरोध साथ मेरो नाम सूचीबाट हटाइ दिनुहुन यो लिखित निवेदन पेस गरेको छु,’ विश्वकर्माले लेखेका छन् । विश्वकर्मा सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिन्छन् ।

तर देउवा समूहको प्यानलमा आफू नपरे पछि उहाँले असन्तुष्टि जनाउँदै आएका छन् । विश्वकर्माले खुल्ला दलिततर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका थिए । यस्तै, उहाँले अब आफू सभापति देउवाको समर्थनमा रहने पनि बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्