२०८३ बैशाख २१, सोमवार

कांग्रेस महाधिवेशन: महामन्त्री पदमा गगन थापा विजयी

नेपाली काँग्रेसको महामन्त्री पदमा गगन थापा विजयी भएका छन् ।

गत आइतबार सम्पन्न काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बिहीबार भएको मतगणनामा थापा विजयी भएका हुन् । मतगणना जारी रहँदा ३८६७ मतपत्र गन्दा नै उनको विजय निश्चित भएको हो । थापाले २५१८ मत पाइसकेका छन् भने विश्वप्रकाश शर्माले १५९० मत पाएका छन् ।

यस्तै तेस्रो स्थानमा रहेका डा प्रकाशशरण महतले १२९६ मात्रै मत ल्याएकाले गगनको जीत निश्चित भएको हो । काँग्रेसको निर्वाचनमा ४६७९ मत खसेकाले अब सबै मत विपक्षमा परेपछि गगनलाई जितबाट कसैले रोक्न सक्दैन ।

प्रतिक्रिया लेख्नुहोस्