२०८३ जेष्ठ २, शनिबार

कांग्रेस महाधिवेशन: सहमहामन्त्रीमा खसआर्यतर्फ राठौरको अग्रता

नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी छ । मुस्लिमबाहेक अन्य क्लस्टरको प्रारम्भिक परिणाम आउन थालेका छन् । खस आर्यतर्फको सहमहामन्त्रीमा अहिलेसम्म ९०० मत गनिसकिएको छ ।

मतगणनामा देउवा पक्षका किशोरसिंह राठौर ५०७ र कोइराला पक्षका देवराज चालिसे ३७१ ले मत ल्याएका छन् । मतको ट्रेन्डले राठौरको सम्भावना बलियो देखिएको छ ।खसआर्य समूहमा राठौर, चालिसे, मधेशी क्लष्टरबाट सहमहामन्त्रीमा महेन्द्र यादव र रामकृष्ण यादव प्रतिस्पर्धामा छन् ।

थारु क्लष्टरको सहमहामन्त्रीमा उमाकान्त चौधरी, तेजुलाल चौधरी तथा मुष्लिम क्लष्टरबाट फरमुल्लाह मन्सुर र शेख वकिल चुनावी प्रतिस्पर्धामा छन् । पिछडिएको समूहबाट जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बराल उम्मेदवार छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्