कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड सहित आधा दर्जन नेताहरुमा संक्रमण पुष्टि भएपछि देउवा कन्ट्र्याक्ट ट्रेसिङमा परेका हुन् ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर फर्किएलगत्तै प्रचण्ड संक्रमित भएको खबर पाएपछि देउवा आइसोलेसनमा बसेका हुन् । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी भएका थिए ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।







प्रतिक्रिया लेख्नुहोस्