कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । संक्रमण बढेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा गृह मन्त्रालयले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने नियम लागू गरेको छ । तैपनि कतिपय राजनीतिक दलहरुले यो नियमको पूर्ण पालना गर्नुको साटो बेवास्ता गरिरहेका देखिन्छन् ।
आइतबारको सीसीएमसीको यस्तो सिफारिस कार्यन्वयन गर्न गृहले सोमबार रातिबाटै लागू गर्न प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गरिसकेको छ । गृह मन्त्रालयले सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्न भनेको छ ।
गृहले सार्वजनिकस्थलहरुमा २५ जनाभन्दा बढि भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्न सम्बन्धित सवै निकायलाई भनेको छ ।यो नियमले मन्त्रिपरिषदको बैठक बस्न कुनै बाधा नपुग्ने भएपनि संघीय संसद र प्रदेशसभा बैठकहरुलाई भने प्रभाव पार्ने देखिएको छ । किनभने मन्त्रिपरिषद बैठकमा २५ जनामात्रै सदस्य छन् । तर तर यो नियम संसद बैठकका हकमा लागू हुने वा नहुनेबारेमा भने प्रष्ट छैन ।
प्रतिनिधिसभामा मात्रै २७५ मा ४ जना कारवाहीपछि पनि २७१ जना सांसद छन् । त्यसमाथि संसद सचिवालयका कर्मचारीहरु, मर्यादापालक गर्दा ३ सय भन्दा बढी हुन पुग्छन् ।संसद सचिवालयका सहायक प्रवक्ता तथा सूचना अधिकारीले यअसघि बढ्दो संक्रमणलाई मध्यनजर गर्दै २८ गतेलाई बोलाइएको प्रतिनिधिसभा बैठक माघ ३ गतेसम्मलाई स्थगित गरिएको बताएका छन् ।
त्यस्तै उनले पुस २७ गतेलाई बोलाइएको राष्ट्रियसभाको बैठक पनि माघ ३ गतेसम्मलाई स्थगित गरिएको जानकारी दिएका छन्।उनले २५ जनाको क्राइटेरिया लागू नै हुँदैन भनेर आफुले भन्न नसक्ने बताएका छन् । यसअघि दलहरूका अधिवेशनका कारण सर्दै आएको प्रतिनिधिसभा बैठक पुस २८ गतेलाई बोलाइएकोमा कोरोना संक्रमण तीव्र भएपछि माघ ३ गतेसम्मलाई सारिएको थियो ।
यसैबीच अब बस्ने संसद बैठकअघि सवै सांसदहरुलाई अनिवार्य कोरोना परीक्षण गरेरमात्रै संसदमा प्रवेशको व्यवस्था मिलाउने तयारी गरेको संसद सचिवालयले जानकारी दिएको छ । संसदजस्तो ठाउँबाटै कोरोना फैलिए राम्रो सन्देश नजाने हुँदा अबको संसद बैठकअघि सबै माननीयहरुको कोरोना परीक्षणपछि मात्रै बैठकमा प्रवेश गर्ने व्यवस्था मिलाइने सचिवालयले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्