२०८३ बैशाख १५, मङ्लबार

पछिल्लो २४ घण्टामा ५२ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार ८८ जनामा गरिएको नमूना परीक्षणमा ५२ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा ८१ सय ९१ जना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार यसबेला देशभर ७९ हजार २ सय ७२ जना सक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा ३ लाख ६६ हजार ६ सय ३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्