राष्ट्रिय प्रजातान्त्र पाटी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गरेका छन् । मंगलबार गृहनगर हेटौंडामा सञ्चारकर्मीसँग कुरा गर्दै पाटीबाट अलग हुने घोषण गरेका हुन् ।
पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेका उनले बताएका छन् ।
‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले पार्टीबाट अलग हुने निर्णय गरेको छु, ‘ उनले भने । पाटीभित्र आफ्नो कुरा सुनुवाइ नहुने भएपछि बाँकी क्रियाशिल जीवन पाटीमै बिताउने मन हुँदाहुँदै अप्रिय निर्णय गर्न बाध्य भएको उनले बताए ।
मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका थिए । पूर्वअध्यक्षसमेत रहेका थापा नयाँ राजनीतिक दलको घोषणाको तयारीमा छन् । थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाउँदै आएका छन् ।
पूर्व राजाको भूमिकाको बारेमा पार्टीले छानबिन गर्नुपर्ने र त्यस्तो अवस्थामा आगामी दिनमा दोहोरिन नदिन पार्टीले ठोस कदम चाल्नुपर्ने माग थापाको छ । साथै उनले नयाँ दल खोल्न सक्ने संकेत पनि गरेका छन् ।
अत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु ।३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहने छु । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु pic.twitter.com/Y2h37IGgJY
— Kamal Thapa (@KTnepal) February 8, 2022







प्रतिक्रिया लेख्नुहोस्