राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारीको बैठक सुरु भएको छ ।बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको प्रवक्ताले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको पनि सहभागिता रहेको छ । साथै, पार्टीका पदाधिकारीहरू र प्रदेश समितिका अध्यक्षको उपस्थिति रहेको उनले बताएका छन् ।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी लगायतका विषयमा केन्द्रित हुनेछ । पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाडेको घोषणा गरेपछि पदाधिकारीको बैठक बोलाइएको हो । राप्रपामा अध्यक्षसहित निर्वाचित ७ तथा मनोनित गरी ३१ जना पदाधिकारी छन् ।







प्रतिक्रिया लेख्नुहोस्