नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टीलगायत ६ दलले आह्वान गरेको आजको नेपाल बन्दको प्रभाव आंशिक देखिएको छ । राजधानी काठमाडौंमा भने सवारी साधन गुडेका छन् ।
सडकमा निजी र सार्वजनिक सवारीसाधन चलेका छन् । पसल, व्यापार–व्यवसाय निर्वाध रूपमा सञ्चालनमा छ । बन्दकर्ताको आंशकामा काठमाडौंका विभिन्न स्थानबाट २८ जनलाई पक्राउ गरिएको छ ।
महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी सुदीप गिरीका अनुसार राजधानीमा हुनसक्ने सम्भावित घटनालाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा विभिन्न दलहरुले बन्द लगायतका प्रर्दशन गरिरहेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्