२०८३ असार २०, शनिबार

स्थानीय तह निर्वाचनमा ४०० सिट जित्नुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७५३ स्थानीय तहमध्ये ४०० बढी सिट जित्नुपर्ने बताएका छन् ।

नेकपा एमाले सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाल ३५ हजारमध्ये १४ हजार जनप्रतिनिधि एमालेका रहेको बताए । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट २० हजार जनप्रतिनिधि जिताउनुपर्ने उनको भनाई छ । त्यति भए मात्र राष्ट्रिय सभामा बहुमत सदस्य पुग्ने ओलीको हिसाब छ।

वृद्धा वृद्ध, गृहिणी, युवा कसैले पनि अहिलेको गठबन्धनलाई भोट हाल्न नसक्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस्