२०८३ असार २१, आइतवार

माओवादी केन्द्रका बागी उम्मेदवार ‘ब्याक’ हुँदै

स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार तथा सत्तारुढ गठबन्धनमा भएको सहमतिविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रकै कतिपय कार्यकर्ता ‘ब्याक’ भएका छन् । उम्मेदवारी मनोनयन फिर्ता लिने समय गुज्रिनै लाग्दा शुक्रबार माओवादी केन्द्रका कतिपय बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

सिन्धुपाल्चोकको चौतारा साँगागढी चोक नगरपालिकाको मेयर पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका अमान सिं तामाङले उम्मेदवारी फिर्ता लिएका छन् । उनले चौतारा साँगागढी चोक नगरपालिकाको मेयर पदमा आधिकारिक रुपमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका कृष्णप्रसाद सापकोटालाई समर्थन गर्दै उम्मेदवारी लिएका हुन् ।​​यस्तै, मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएकी लक्ष्मीमाया माझी ९कृपा०ले पनि मनोनयन फिर्ता लिएकी छन् । उनले सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवार काँग्रेसका धर्मराज लामिछानेलाई समर्थन गर्दै अध्यक्ष पदबाट मनोनयन फिर्ता गरेकी हुन् ।

सत्तारुढ गठबन्धनको शुक्रबार बसेको बैठकले पनि गठबन्धनभित्र भएको सहमति विपरीत उम्मेदवारी दिएका कार्यकर्तालाई उम्मेदवारी फिर्ताका लागि आग्रह गरेको थियो ।​

प्रतिक्रिया लेख्नुहोस्