२०८३ असार २१, आइतवार

काठमाडौं महानगरपालिकाको मतगणना शुरू

काठमाडौं महानगरपालिकाको मतगणना शुरू भएको छ । बिहान ८ बजेबाट शुरू गर्ने भनिए पनि केहीबेर अघिबाट मात्रै मतगणना शुरू भएको हो ।

मतगणना वडा नं. १ र ३२ बाट शुरु गरिएको छ । मतगणनास्थलमा बस्ने दलका प्रतिनिधिको परिचयपत्र बनाउन ढिलाइ भएका कारण मतगणना समयमै शुरू हुन सकेको थिएन ।

काठमाडौं महानगरको मेयरमा एमालेबाट केशव स्थापित, गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, स्वतन्त्र उम्मेवार बालेन शाहलगायत उम्मेदवार छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्