२०८३ बैशाख १२, शनिबार

भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज टायरमा समस्या देखिएपछि आकाशबाटै काठमाडौं फर्किएको छ ।

टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयले जनाएको छ ।

फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए ।

जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्