२०८३ असार २१, आइतवार

मन्त्री आलेले बुझाए ‘राजीनामा पत्र’

a}7sdf dGqL cfn] sf7df8f}F, !* df3 . ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL k|]daxfb'/ cfn] dªunaf/ a;]sf] g]kfn gful/s p88og k|flws/0fsf] a}7sdf p7]sf ljifodf hfgsf/L lnFb} . t:jL/ M ljdnaxfb'/ lji6, /f;;

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम ओलेले पदबाट जुनसुकै बेला राजीनामा दिन तयार रहेको प्रतिबद्धता पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् । मन्त्री हेरफेर गर्ने निर्णयलाई नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिले अनुमोदन गरेसँगै आलेले पार्टीको निर्णय जुनसुकै बेला कार्यान्वयन गर्न आफू तयार रहेको ब्यहोराको पत्र अध्यक्ष नेपाललाई बुझाएका हुन् ।पार्टी महासचिव बेदुराम भुसालका अनुसार मन्त्री आलेले २४ घण्टाभित्र आफू मन्त्री पद छाड्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

सोही अनुसार मन्त्री आलेले राजीनामा गर्ने प्रतिबद्धता पत्र बुझाएको उनको भनाई छ । मन्त्री हेरफेरको विषयमा पार्टीभित्र विवाद रहेको छ । पार्टीका मन्त्रीहरूले पार्टीले नयाँ मन्त्रीका लागि सिफारिस गरेभन्दा फरक नामहरू मन्त्रीका लागि सिफारिस गर्नुपर्ने भन्दै नयाँ सूची नै तयार पारेका थिए । पार्टीले मन्त्रीका लागि सिफारिस गरेका नामहरू समावेशी नभएको भन्दै नयाँ नामको सूची उनीहरुले तयार गरेका हुन् ।

​तर यसअघि पार्टीको स्थायी कमिटी बैठकले तय गरेको नयाँ मन्त्रीको नाम अब हेरफेर नहुने पार्टीले बताएको छ । पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको उनको भनाइ छ ।

 

प्रतिक्रिया लेख्नुहोस्