नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएर विरोधीहरूलाई गतिलो जवाफ दिएको बताएका छन्। माओवादी केन्द्रको तेस्रो दिनको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने डिजाइनअन्तर्गत अर्थमन्त्रीको विषयमा उछालिएको बताएका हुन्।
‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ। संसदमा कुरा उठेपछि उहाँँले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गर्नुभएको छ । नगरेको भए त्यही विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भइरहेको थियो’, प्रचण्डले भने।
जनार्दन शर्माले त्याग गरेर षड्यन्त्रमा लागेहरूलाई जवाफ दिएको विषय माओवादी कार्यकर्ताले जनतामा प्रचार गराउनुपर्ने प्रचण्डले बताए।







प्रतिक्रिया लेख्नुहोस्