आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि सिट बाँडफाँड गर्न गठित कार्यदलको पहिलो बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।
बैठकमा कुन पार्टीबाट उठ्ने भन्ने सिट बाँडफाँड गर्न भन्ने विषयमा छलफल हुने बुझिएको छ । साथै कार्यदल बैठकमा सिट बाँडफाँडका आधार लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । सत्ता गठबन्धनले गत साउन २० मा ११ सदस्यीय कार्यदल गठन गरेकोे थियो । सोही कार्यदलले सोमबार पहिलो बैठक गर्न लागेको हो ।
यो कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँडको विषयको टुंगो गर्न समय दिइएको छ । कार्यदलमा नेपाली कांग्रेसबाट ३ जना सदस्य छन् भने अन्य ४ पार्टीबाट २–२ जना सदस्य रहेका छन् । सत्ता गठबन्धनले यसअघिको स्थानीय तहको चुनावमा पनि केन्द्र, प्रदेश र स्थानीय तहमा कार्यदल बनाएर सिट बाँडफाँड गरेको थियो ।







प्रतिक्रिया लेख्नुहोस्