नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलहरुमा सन्तुलन मिल्ने गरी चुनावी सिट बाँडफाँट हुने बताएका छन् ।
माओवादी पार्टीको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न सुर्खेत पुग्नुभएका प्रचण्डले प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी छलफल भइरहेको भन्दै कुन–कुन प्रदेशका कुन–कुन क्षेत्र कसले पाउने भन्ने पनि टुंग्याउने दाबी गरेका छन्। बाँडफाँटबारे शुक्रबार पनि बालुवाटारमा थप छलफल हुने भन्दै उनले गठबन्धनभित्र कुनै पनि मतभेद नरहेको जिकीर पनि गरे ।
अघिल्लो चुनावमा कर्णालीमा गरेको त्रुटी अहिले माओवादीले नगर्ने भन्दै प्रचण्डले कर्णालीमा माओवादीकै नेतृत्वमा सरकार बनाउने स्थिति ल्याउने उद्घोष गरे । एमालेसँग अहिले तत्काल सहकार्यको सम्भावना नरहेको तर नेकपा एकीकृत समाजवादीसँग भने पार्टी एकताकै पहल भईरहेको बताए ।







प्रतिक्रिया लेख्नुहोस्