२०८३ असार २१, आइतवार

देशको दुर्गति के कारणले भएको हो पहिल्याउन आवश्यक: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादर देउवाले कर्मचारीको सहयोग बिना देश अघि बढ्न नसक्ने बताउनुभएको छ । निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले कर्मचारीको सहयोग बिना देशको विकास हुन नसक्ने बताउनु भयो ।

प्रधानमन्त्ती देउवाले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले कर्मचारीहरु दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको बताउनु भयो । प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र केन्द्रिय कर्मचारीतन्त्र रहेको बेलामा समेत देश विकास हुन नसकेको गुनासो गर्नुभयो । उहाँले कर्मचारीले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने बताउनु भयो । उहाँले कर्मचारीहरु नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलहरुले मात्रै गरेर केही नहुने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले देश विकासको लागि काम गर्न कर्मचारीहरुलाई चाहिने सुविधा दिन सरकार तयार रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया लेख्नुहोस्