२०८३ असार २१, आइतवार

मधेश प्रदेशमा ६० प्रतिशत सिट पाउनुपर्ने कांग्रेसको माग

नेपाली कांग्रेस मधेश प्रदेश कार्य समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ ।

शनिबार बसेको कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो । सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेशमा कांग्रेसको राम्रो जनआधार रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने कांग्रेसको माग छ ।

त्यस्तै कांग्रेसले जिल्लाबाट आएका उम्मेदवारको सिफारिसलाई केन्द्रमा पठाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्