२०८३ असार २१, आइतवार

पहिलो दिन २ दलले बुझाए आयोगमा समानुपातिकतर्फको बन्दसूची

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रमअन्तर्गत पहिलो दिन प्रतिनिधि सभा तर्फ २ दलले मात्र बन्दसूची दर्ता गरेका छन् । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने पहिलो दिन प्रतिनिधिसभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले बन्दसूची दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

यस्तै प्रदेशसभातर्फ ३ वटा प्रदेश एक–एक वटा दलले बन्दसूची दर्ता गराएका छन् । प्रदेश नम्बर १ मा किराँत खुम्बुवान साझा पार्टी, मधेस प्रदेशमा तमलोपा र बागमतीमा ताम्सालिङ् लोकतान्त्रिक पार्टीले सामानुपातिकतर्फको बन्दसूची बुझाएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने दललाई असोज २ र ३ गते भित्र सामानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्