२०८३ असार २१, आइतवार

समानुपातिकको बन्दसूची बुझाएपछि प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुट्यो गठबन्धन

आसन्न निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाएपछि सत्तारुढ गठबन्धन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फको सिट बाँडफाँटमा जुटेको छ ।

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सोमबार निर्वाचनमा आयोगमा बुझाएका गठबन्धन आबद्ध दलहरु मंगलबार प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुटेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित शीर्ष नेताहरूको प्रत्यक्षतर्फको सिटको भागबन्डा मिलाउन बैठक बसिरहेको हो ।आसन्न निर्वाचनमा तालमेल गरेर जाने बताएका दलहरुबीच सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन ।

सिट बाँडफाँटका लागि गठबन्धनले कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्