२०७९ अशोज १०, सोमवार

अनशनरत डा. केसीलाई उपचारका लागि शिक्षण अस्पतालमा ल्याइयो, अस्पतालमा नै अनशनलाई निरन्तरता दिने

काठमाडौं आएका उनलाई विमानस्थलबाट सिधै शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । सिकिस्त हुँदा पनि अनशन तोड्न नमानेका उनले शिक्षण अस्पतालमा नै अनशनलाई निरन्तरता दिने बताएका छन् ।

सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भन्दै उनलाई यसअघि नै विशेषज्ञहरु भएको अस्पतालमा लैजान आग्रह गरेको थियो । जस अनुसार हिजो (मंगलबार) उनलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी गएको थियो । तर उनले आफू ठिक रहेको भन्दै काठमाडौं नफर्कने अडान लिएका थिए ।

त्यसपछि स्काइ ट्रक रित्तै फर्केको थियो । तर आज भने उनी काठमाडौं आउन तयार भएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्