२०८३ असार २०, शनिबार

समानुपातिकको सूची बोकेर निर्वाचन आयोगमा रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समानुपातिक सूची बोकेर निर्वाचन आयोग पुगेका छन् । पार्टीका एक नेताका अनुसार बैठकले १३ जनाको नामावली टुङ्गो लगाएसँगै सूची बुझाउन प्रवक्ता मुकुल ढकाललगायतका नेताहरू सूची बोकेर आयोग पुगेका हुन् ।

समावेशी समानुपातिक पद्धति अनुसार रास्वपाले निम्न सांसद छानेको छ:

आदिवासी–जनजाति कोटाबाट:

–डा.ढाकाकुमार श्रेष्ठ

–इन्दिरा रानामगर

–सुमना श्रेष्ठ

खस–आर्य कोटाबाट:

–डा.चन्दा कार्की

–डोलप्रसाद अर्याल

–निशा डाँगी

–विनीता कठायत

दलित कोटाबाट:

–सन्तोष परियार

–शिव नेपाली

मधेसी कोटाबाट:

–लक्ष्मी तिवारी

–मनिष झा

थारु कोटाबाट:

–अशोककुमार चौधरी

मुस्लिम कोटाबाट:

–असिम शाह लाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्