२०८३ असार २०, शनिबार

मनाङ एयरको हेलिकोप्टर दुर्घटना: पाँचजनाको शव भेटियो, १ बेपत्ता

 

सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । मनाङ एयरको ९एनए–एमभी कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

सुर्केबाट आज बिहान १० बजे काठमाडौँका लागि उडेको हेलिकप्टर सवा १० बजे लाम्जुरापास क्षेत्रबाट सम्पर्कविहीन भएको थियो।हेलिकोप्टरमा चालकसहित ६ जना रहेकोमा अहिलेसम्म ५ वटा शब भेटिएको छ । उनीहरुको पहिचान खुलेको छैन । हेलिकोप्टरमा पाँच मेक्सिकन नागरिक र नेपाली चालक रहेका थिए ।

प्रहरीले घटनास्थलमा पुगेर उद्धारको काम सुरु गरिसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्