रुपन्देहीमा बरामद सुन प्रकरणमा घुस लिएको आरोप लागेका बुटवलका तत्कालिन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई सेवाबाट हटाइएको छ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा आज गृह मन्त्रालयले उनलाई सेवाबाट हटाएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए। उनका अनुसार आज गृह सचिवस्तरीय निर्णयले उनलाई सेवाबाट हटाइएको हो।
डीएसपी केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी हटाइएको जनाइएको छ। प्रहरीको आन्तरिक छानबिनमा उनले प्रहरी आचरण उल्लङ्घन गरेको भेटिएपछि केही हप्ता अघि हटाउन सिफारिस गरिएको थियो। त्यही सिफारिसको आधरमा आज गृह मन्त्रालयले उनलाई सेवाबाट हटाएको हो।
बुटवलमा झण्डै ३५ तोला सुन बरामद प्रकरणमा उनको नाम जोडिएपछि घरमा सिआईबीले छापामार्दा केही सुनसहित ८ लाख बढी नगद र लाखौँको चेक बरामद गरेको थियो। त्यसपछि प्रहरीले छानबिन टोली गठन गरेको थियो।







प्रतिक्रिया लेख्नुहोस्